५ असार २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भिख माग्न निषेध



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ ।

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो ।

साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन समेत महानगरले आग्रह गरेको छ ।

यद्यपि, साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्न भने पाइने सूचनामा जनाइएको छ ।

 




भर्खरै