२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप बस दुर्घटना अपडेटः हालसम्म ९ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा हालसम्म ९ जनाको मृत्यु भएको छ । बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना परेको र हालसम्म प्रहरीले ९ जनाको मृत्यु भएको पुष्टि  गरेको छ ।

रामेछापबाट काठामाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज मंगलबार बिहान दुर्घटनामा परेको हो ।

रामेछाप जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा धेरैको ज्यान भएको अनुमान छ । अहिलेसम्म ९ जनाको घटनास्थलमै मृत्यु भएको समाचार छ । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

अहिले उद्धार कार्य जारी छ । दुर्घटनामा गम्भीर घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । बसमा सवार २५ घाइतेलाई अहिले धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ ।