२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनले नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण गरे



अ+ अ-

काठमाडौं । र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइएको मुकुटबारे विवाद समाधान भएको छ ।

काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का निर्णायकमध्येका एक बालेन्द्र साह (बालेन)ले आज बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरेका हुन् ।

रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट पहिर्याइदिएका थिए ।

बौद्ध धर्ममा यस्तो मुखः (मुकुट) बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिषेक दिँदा लगाइदिने परम्परा छ । एउटा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुट दुरुपयोग गरिएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो ।