२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालश्रममुक्त घर’ अभियान



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ ।

विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा पनि अभियान विस्तार हुने बताइएको छ ।

अभियानमा लाग्ने २८ सर्वेक्षकलाई तालिम पनि दिएको महानगर सामाजिक महाशाखाले जनाएको छ । सर्वेक्षकले १५ वर्षमुनिका बालबालिको अवस्था पत्ता लगाउने र १२ वर्षमुनिका बालबालिका विद्यालय जान्छन कि जाँदैनन् पत्ता लगाउने रहेकोे छ ।

अभियानको शुभारम्भ गर्दै महानगर प्रमुख नागेश कोइराला विगत १३ वर्षअघि बालमैत्री नगर घोषणा भएको महानगरले थालेको यस किसिमको कार्यबाट नागरिकमा सचेतना आउने र आफ्ना बालबालिकालाई पठनपाठनमा लगाउने चेतना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा महानगरका उपप्रमुख शिल्पा निराला कार्की र वडाध्यक्ष न्यौपाने पनि अभियानका विषयमा बोल्नुभएको थियो ।