२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई सुरक्षित गर्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव कम गर्न सरोकारवाला सचेत हुनुपर्ने बताउनुभएको छ । साथसाथै नामक संस्थाले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा आवश्यक रणनीति बनाउनुपर्ने बताउनुभयो ।

जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुग्नसक्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्र पुनरुस्थानको क्रममा रहेको बताउनुभयो । महामारीको असर कम हुँदै जाँदा पर्यटन आगमन सामान्य हुँदै गएको र पर्यटन गतिविधि पुनरागमनको अपेक्षा गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय न्यायका लागि बनेका ऐन र कानुनको प्रभावकारी कार्यन्वयनमा जोड दिनुभएको थियो । सो अवसरमा जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन ६० जना महिलाले डोल्पाको शे(फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने जानकारी दिइएको थियो ।




भर्खरै