२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार



अ+ अ-

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको अवस्थामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो ।

उनी बेहोस अवस्थामा रहेको र गोली लागेको ठाउँबाट रगत बगिरहेको जापानका मिडियाले जनाएका छन् । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए ।

उनको नाममा सबैभन्दा लामो समय (९ वर्ष) प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो । आबेलाई आक्रामक नेता मानिन्छ । अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोगका कारण उनले २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।