२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री आबेको पार्थिव शरीर टोकियो ल्याइपुर्याइयो, मंगलबार अन्त्येष्टि गरिने



अ+ अ-

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उहाँको गृहनगर टोकियो ल्याइपुर्याइएको छ । जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उहाँमाथि गोली हानी हत्या गरिएको थियो ।

गोली लागि घाइते लागि घाइते भएका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पुर्याइएको थियो । स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः०३ बजे उहाँको मृत्यु भएको घोषणा गरिएको थियो ।

जापानी पूर्व प्रधानमन्त्रीको पार्थिव शरीर लिएर शिन्जोकी पत्नी अकी आबे पार्थिव शरीरसँगै टोकियो आउनुभएको अमेरिकी टेलिभिजन सिएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ । एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समय अनुसार शनिबार १ः३० बजे टोकियोको शिबुया जिल्लास्थित आवेको घरमा आइपुगेको हो ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले पूर्व प्रधानमन्त्री आवेकी धर्मपत्नीलाई भेटी समवेदना अर्पण गर्नुभएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवङगत आत्माको चीर शान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ ।

यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्या को प्रयास गरेको आशंकामा पक्राउ गरी सोधपुछ जारी राखेको छ ।

यसैबीच विश्व नेताहरुले आबे परिवार प्रति सहानुभूति प्रकट गर्नुभएको छ । साथै,उहाँहरूले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आवेसँगको सहकार्यको स्मरण गर्दै दिवङ्गत नेताप्रति श्रद्धसुमन अर्पण गर्नुभएको छ ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्’ भन्नुभएको थियो ।

किसिदाले आबेको गोली हानी हत्या गरिनुको कारण अझै थाह नभएको पनि उक्त सम्बोधनमा बताउनुभएको थियो । साथै, उहाँले अनुसन्धान जारी रहेकाले यसबारे कुनै पनि राजनीतिक प्रभाबका बारेमा अनुमान नगर्न सबैसँग अनुरोध गर्नुभएको थियो ।