२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु



फाईलफोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । केही समयअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने एवं बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए ।

अर्कोतर्फ, डा. शेखर कोइराला पक्षले बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने बुझिएको छ ।