५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगिका कारण जनता आक्रान्त भएको बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गर्नुभयो ।

सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताउनुभयो । उहाँले आयातलाई कम गर्दै लानुपर्ने बताउनुभयो ।