२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे



अ+ अ-

एजेन्सी । आर्थिक संकट झेलिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।

१३९ दिनको विरोधपछि राजापाक्षेले राजीनामा दिएका छन् । उनको राजीनामाको घोषणा आज संसदमा हुने र त्यससँगै अन्तरिम राष्ट्रपतिको नाम पनि घोषणा गरिने छ ।

विभिन्न सञ्चारमाध्यमले उनी माल्दिभ्स भागेको बताइएको भएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन । माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घण्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

गोटाबाया जुलाई ८ देखि कोलम्बोमा देखिएका थिएनन् । मङ्गलबार अर्थात् जुलाई १२ मा उनी नौसेनाको जहाजबाट भाग्न खोजिरहेका थिए, तर बन्दरगाहका अध्यागमन अधिकारीहरूले उनलाई रोकेका थिए ।

राजापाक्षेले देशभरि जारी विरोध प्रदर्शनका कारण आफूले अन्य सार्वजनिक सुविधाहरू प्रयोग गर्न नसक्ने जिद्दी गरे तर अधिकारीहरूले मानेनन् ।

गोटाबाया राजापाक्षेले राजीनामा दिनुअघि आफूलाई देश छाड्न दिनु पर्ने शर्त राखेका थिए । त्यसको केही घण्टापछि नै उनको देश छाडेको खबर बाहिरियो । यस्तो अवस्थामा अब गोटाबाया भागे कि भगाइए ? भन्ने प्रश्न उठ्छ । राजापाक्षेले १२ जुलाईमा आफ्नो राजीनामामा हस्ताक्षर गरी वरिष्ठ अधिकारीलाई बुझाएका थिए । उक्त पत्र बुधबार संसदका सभामुख महिन्दा यापा अभयवर्धनेलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो । गोटाबाया राजपाक्षे श्रीलंका छोडेर अमेरिका भाग्न चाहन्थे तर अमेरिकाले उनलाई भिसा दिएन ।




भर्खरै