२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख पदमा सांसद पुष्पा भुसाल गौतम बिजयी



अ+ अ-

काठमाडौ । प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल बिजयी हुनु भएको छ ।

भुसाललाई नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजबादी , जसपा , लोसपा , राष्ट्रिय जनमोर्चा ले समर्थन गरेको थियो ।

भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो भने नेमकिपा मा सासंद प्रेम सुवालले कुनै पनि उम्मेदवारलाई मत दिनु भएन ।

यसै गरी एमालेमा तर्फबाट उम्मदबार बन्नु भएकी बिद्या भट्टराईलाई नेकपा एमाले र राप्रपाले समर्थन जनाएको थियो ।

नेपालको संविधानमा सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि उपसभामुख रहेकी डा शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।