२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले प्यूठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गर्ने मकवानपुर घर भई हाल ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’ का पत्रकार २१ वर्षीय वासुदेव अर्याललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ अर्यालले भण्डारीको दस्तखतसहितको चेक फेला पारी नक्कली दस्तखत र कम्पनीको नक्कली छाप बनाएर ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ अर्यालले नक्कली छाप र दस्तखत प्रयोग गरी हालसम्म रु १० लाख ३५ हजार रकम निकालेको अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताउनुभयो । अर्याल ‘तिखोकलम डटकम’ नामक सञ्चार संस्थामा आबद्ध भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्यालसँग प्रहरीले पत्रकार परिचयपत्र, सरोज डङ्गोलको नामको सवारी चालक अनुमतिपत्र, विभिन्न बैंकको चेक दुई थान, विभिन्न कम्पनी तथा संस्थाको छाप आठ थान, विभिन्न व्यक्तिको दस्तखत भएको डायरी आठ थान, विभिन्न कम्पनीका सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ अर्याललाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२५ को दफा–२७६ ‘लिखतसम्बन्धी कसुर’ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।