२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुवाहक बस नर्मदा नदीमा खस्दा १३ को मृत्यु, २५ भन्दा बढी बेपत्ता



अ+ अ-

एजेन्सी । भारतको मध्य प्रदेशको धार जिल्ला खलघाटमा ठूलो दुर्घटना भएको छ । यात्रुले भरिएको महाराष्ट्र राज्य यातायातको बस नर्मदा नदीमा खसेको हो । दुर्घटना बिहान १०ः४५ बजे भएको बताइएको छ ।

बसमा महिला र बालबालिकासहित ५० भन्दा बढी यात्रु सवार थिए । खोलाबाट हालसम्म १३ जनाको शव निकालिएको छ भने १५ जनाको उद्धार गरिएको छ ।

सोही क्रममा २५ देखि २७ जना बेपत्ता रहेको बताइएको छ । घाइतेहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बसलाई क्रेनमार्फत बाहिर निकालिएको छ । गलत साइडबाट आउँदै गरेको गाडीलाई बचाउने क्रममा दुर्घटना भएको बताइएको छ ।

जानकारी अनुसार इन्दौरबाट महाराष्ट्रतर्फ जाँदै गरेको यात्रुबाहक बस खलघाट सञ्जय सेतु पुलमा सन्तुलन बिग्रँदा २५ फिट तल खोलामा खसेको थियो ।

घटनास्थलमा धामनोद प्रहरी र खल्ताका प्रहरी खटिएका छन्, गोताखोर उद्धारमा खटिएका छन् । उद्धारका लागि एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । इन्दौरका आयुक्त पवन कुमार शर्माले धार र खरगोनका कलेक्टरहरूलाई घटनास्थलमा पुग्न निर्देशन दिएका छन् ।

आगरा(मुम्बई (एबी रोड) राजमार्गमा दुर्घटना भएको हो। यो सडकले इन्दौरलाई महाराष्ट्रसँग जोड्छ । घटना भएको स्थान इन्दौरबाट ८० किलोमिटर टाढा छ। बस खसेको सञ्जय सेतु पुल दुई जिल्ला धार र खरगोनको सिमानामा बनेको हो ।

नदीमा खसेको बस महाराष्ट्र राज्य यातायात निगमको हो, जसलाई एसटी पनि भनिन्छ । बस बिहान पुणेबाट इन्दौरका लागि प्रस्थान गरेको थियो ।

खलघाटमा दुर्घटना हुनुअघि बसले १० मिनेटको ब्रेक लगाएपछि बिहान १० बजेर ४५ मिनेटमा बस खलघाटबाट नर्मदामा खसेको थियो । अगाडिबाट गलत साइडबाट आउँदै गरेको गाडीलाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटना रोक्न खोज्दा बस चालकले नियन्त्रण गुमाएपछि बस पुलको रेलिङ भाँच्दै नदीमा खसेको हो । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।




भर्खरै