२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीडितको अपेक्षा अनुरुप संवेदनशील भएर कार्यसम्पादन गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षाअनुरुप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । उक्त समितिको आजको बैठकले महिलाको समग्र हित प्रवद्र्धन गर्ने उद्देश्यमा केन्द्रित भई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

आयोगले महिला हकहित प्रवद्र्धन गर्न प्रयत्न गरिरहेका विभिन्न निकायहरुसँग सम्पर्क, समन्वय बढाइ एकीकृत पहल गर्नसमेत नसकेको भन्दै आगामी दिनमा प्रभावकारी सहकार्य गर्न पनि समितिले आग्रह गरेको छ । साथै, महिला आयोग आफैँभित्र पनि समन्वय र सहकार्य गर्न नसकेको कारण प्रभावकारी कार्यसम्पादन हुन नसकेको र सम्पर्कमा आएका पीडित महिलाले आवश्यक न्यूनतम सहयोगसमेत प्राप्त गर्न नसक्नु दुःखको विषय रहेको समितिको ठहर छ ।

बैठकमा सांसद नारायणप्रसाद खतिवडा, विमला नेपाली, गङ्गा चौधरी, अमृता थापा, कृष्णबहादुर राईले आवश्यकताको हिसाबले राष्ट्रिय महिला आयोय अन्य आयोगभन्दा बढी महत्वपूर्ण रहेको हुनाले योजनाबद्ध तरिकाले आफ्नो कार्यसम्पादन गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विसं २०७८ साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्म महिलामाथि भएका विभिन्न हिंसाका एक हजार ४६४ घटना दर्ता भएको जानकारी गराउनुभएको थियो । जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट घरेलु र महिला हिंसाका गरी एक हजार २७६ वटा घटना रहेका छन् ।




भर्खरै