२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रकरण: संसदीय छानबिन समितिको समयसीमा थपिँदै



अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता विषयमा गठित विशेष संसदीय छानबिन समितिको समयसीमा थप्ने तयारी भएको छ । समितिको समयसीमा बिहीबार सकिँदैछ ।

छानबिनमा १० दिनको समय अपुग भएका भन्दै समितिका सभापति लक्ष्मणलाल कर्णले समयसीमा थपको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

छानबिनको निम्ति अझै काम बाँकी रहेको भन्दै उहाँले छानबिनलाई निष्कर्षमा पुर्‍याउन आवश्यक समय थपका लागि सभामुखसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।

समयसीमा थपका लागि समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसद्मा निर्णायार्थ पेश गर्नुपर्नेछ। संसद्ले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ।

समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेको छ । समितिले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्करलगायतका कर्मचारी र करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग समितिले छलफल गरिसकेको छ ।




भर्खरै