२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकले स्वास्थ्य बिमा गरिसकेपछि सहज र सरलरुपमा भुक्तानी पाउनुपर्ने भन्दै त्यसो नभएको पाइएमा त्यो त्रुटी भए सच्याउन सरकार तयार रहेको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य बिमालाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री खापुङले हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोप कार्यक्रम सञ्चानल गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्छ ।”

मन्त्रालयका सचिव डा रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराउनुभयो । यो महिनादेखि कोभिडको समयमा करारमा नियुक्त गरिएका कर्मचारीको करार नवीकरण नगरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको छ ।”

शहीद गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजिनेरेटर पर्याप्त नभएको तर ज्यान बचाउनुपर्ने गम्भीर मुटुका बिरामीको शल्यक्रिया नरोकिएको स्पष्ट पार्नुभयो । अस्पतालले प्रौढ उमेरका बिरामी दैनिक आठ जनाको शल्यक्रिया गर्दै आएकामा हाल दैनिक आकश्मिक तीन जनासम्मको शल्यक्रिया गर्ने गरेको अस्पतालले जनाएको छ ।

बैठकमा सांसद गिरीराजमणी पोखरेल, योगेश भटटराई, सरिता न्यौपाने, अन्जना विसुङ्खे, सुरेन्द्र यादव र नविना लामाले स्वास्थ्यजन्य सामानको खरिद झन्झटिलो रहेको भन्दै सार्वजनिक खरिद ऐनलाई संशोधन गरिनुपर्ने धारणा राख्नुभयो ।