२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौँ संस्करणको ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने



अ+ अ-

काठमाडौँ । विगतमा जस्तै यसपटक पनि ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने भएको छ । सन् २०१३ देखि हुँदै आएको मिस ग्रान्ड नेपालको यसपटक दशौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

यसपटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने आयोजकले जनाएको छ । पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटकको ‘मिस ग्रान्ड नेपाल २०२२’ हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित हुने मिस ग्राण्ड नेपालका नेशनल डाइरेक्टर सुरेश तामाङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको भदौ ११ गतेबाट अडिसन सुरु हुने र १३ गते छनौट गरिने छ । भदौ १४ गते सहभागीहरूलाई ओरेन्टियसन गराइने उनले बताए । प्रतियोगितामा १८ देखि २८ वर्षसम्म उमेर समूहका देशभरका युवतीले भाग लिन पाउनेछन् । सहभागी युवतीको उचाइ ५.४ इन्च र +२ पास गरेको हुनुपर्नेछ ।

मिस ग्रान्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी हुने पाउने उनको भनाइ छ । त्यसैगरी पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउने छन् । प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, र्‍यापर आशिष राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) निर्णायक रहने उनले बताए । केही निर्णायक थप हुन सक्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम शाहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताए । त्यस्तै र्‍यापर लाहुरेले गीत गाइरहेको भए पनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताए । ग्रान्ड फिनाले भदौ २५ गते काठमाडौँस्थित होटेल मेरियटमा हुने छ ।

प्रतियोगिताले मुख्यतया नेपाली युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सर्वाङ्गीण व्यक्तित्व विकास गर्न सहयोग आयोजकको विश्वास छ । साथसाथै विश्व मञ्चमा नेपाललाई चिनाउनु कार्यक्रमको अर्को उद्देश्य रहेको उनले बताए । बोली क्लब ग्रुप र कस्मो इभेन्ट्सले विभिन्न समयमा सांगीतिक कार्यक्रम गर्दै आएको छ । मिस ग्राण्ड नेपाल मिस ग्राण्ड इन्टरनेसनलको मान्ता प्राप्त इभेन्ट्स हो ।