२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट: नेता कोइराला



file
अ+ अ-

चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उहाँको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उहाँको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उहाँले गठबन्धनका दल सहमतिमा आउने बताउनुभयो ।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उहाँले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गर्नुभयो ।