२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारी तत्काल नियन्त्रण नगरे आन्दोलनमा उत्रने उपभोक्ता संरक्षण महासंघको चेतावनी



अ+ अ-

काठमाडौँ । चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासङ्घले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गर्दै महासङ्घले गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो ।

अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले उपभोक्ता विरुद्ध लाग्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा महासङ्घका प्रवक्ता लुमडी कार्कीलगायतले कालोबजारी रोक्न माग गरेका थिए । महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ सङ्घ आबद्ध छन् । महासङ्घको सात वटा प्रदेश समितिहरु तथा विभिन्न जिल्ला समिति क्रियाशील छन् ।