२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने



अ+ अ-

काठमाडौं । तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । आइतबार मन्त्रालयमा अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसंग भेट गर्दै सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको मन्त्री शर्माले बताउनुभएको हो ।

गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएको तथा अस्पतालको सेवा विस्तारकालागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको रुइतको टोलीले जानकारी दिएको थियो । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो । मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको जवाफ दिनुभयो ।

‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदो रहेछ’, मन्त्री शर्माले भन्नुभयो, ‘नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो । हामी छलपफ्ल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला ।’

अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । यसैगरी विभिन्न मुलुकका प्रशिक्षार्थीहरूले विशेषज्ञ तालिमसमेत लिने गरेका छन् ।