२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज गणेश चौथी मनाइँदै-फोटो फिचर



अ+ अ-

काठमाडौं । आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड छ ।

गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु मोदक बोकेर पुगेका छन् । कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । हरितालिका तिजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ ।

हिजो व्रत बसेका महिलाहरुले आज विहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् । यसदिन कसैको हानी नोक्शानी पु¥याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । भोलि (बिहीवार) ऋषिपञ्चमी पर्व मनाइएपछि तिज औपचारिक रुपमा समापन हुन्छ ।

गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।