२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै



अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।

सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडीले सहभागिता जनाएकामा प्रादेशिक प्रतियोगितामा सो सङ्ख्यामा खेलाडी र व्यवस्थापक छनोट भएका हुन् । प्रत्येक खेलमा एक जना प्रशिक्षक र एक जना व्यवस्थापक राखिएको छ ।

प्रादेशिक छनोट प्रतियोगितामा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने सवैभन्दा कम मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेछ । भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगितामा कास्कीबाट ६७३ खेलाडी छनोट भएका छन् । परिषद्का अनुसार मुस्ताङबाट १६६, म्याग्दी २८३, बागलुङ ३६१, पर्वत २२३, स्याङ्जा ३४७ र तनहुँबाट ३०३ खेलाडी प्रादेशिक छनोटमा परेका छन् ।

यसैगरी लमजुङबाट २१३, गोरखा २३०,मनाङ ४६ र नवलपुरबाट ३७८ खेलाडीले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने निश्चित भएको छ ।

प्रदेशस्तरीय खेलमा विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी समग्र प्रतियोगिताको खेलको आधारमा स्वर्ण, रजत र कास्यको परिणामलाई मुल्याङ्कन गरी जिल्लालाई प्रथम, द्धितीय र तृतीय घोषणा गरी च्याम्पियन ट्रफी प्रदान गरिने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा गण्डकीबाट ७०९ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा ४०४ इभेन्टमा ४११ पुरुष र २९८ महिला खेलाडीहरुको सहभागिता रहने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताउनुभयो ।
जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान परिषद्को छ । सो रकम विशेष प्रशिक्षण, जिल्ला छनोट, प्रदेश छनोट, खेलाडी बन्द प्रशिक्षण, खेलकुद सामग्री खरीदमा खर्च हुने बताइन्छ । रासस