२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराको बयान: असक्षम र विफल भन्ने प्रश्न नै औचित्यहीन, संसदीय समितिमाथि नै प्रश्न



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग सिफारिस समितिले आफूलाई सोधेका प्रश्नहरु औचित्यहीन भएको बताउनुभएको छ । उहाँले महाअभियोग सिफारिस समिति र संसद्माथि नै प्रश्न गर्नुभएको छ ।

बयान दिन दोस्रो दिन बिहीबार सिंहदरबार पुग्नुभएका जबराले समितिले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भनी लगाएको आरोपका विषयमा सोधिएको प्रश्नमा यसको कुनै औचित्य नभएको बताउनुभयो ।

जवाफ दिने क्रममा उहाँले समितिको प्रश्नमाथि नै प्रश्न गर्नुभएको थियो । समितिको प्रश्नमाथि नै प्रश्न गर्न थालेपछि समिति सदस्य कल्याणी खड्काले विरोध गर्नुभएको थियो । त्यसपछि जबराले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको भन्दै आफूलाई असक्षम भनी लगाएको आरोप गलत भएको बताउनुभयो ।

जबराले महाअभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनी प्रश्न गर्नुभएको थियो । बिहीबार बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे प्रश्नहरु सोधिएको थियो । जबरामाथिको आजको बयान सकिएको छ ।