२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायधीश जबराको दोस्रो दिनको बयान पछि सासंदहरुको प्रतिक्रिया



अ+ अ-

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । बिहीवार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरुको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो । आजको बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिनुभएको छ ।

आज प्रधानन्यायधीशले न्याय सम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरुको भनाइ छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले बैठकले भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीशले अहिले आफ्नो हिसावबाट जवाफ दिइरहनुभएको र त्यसको सत्यताका बारेमा समितिले पुनः अध्ययन गरेर निस्कर्ष निकाल्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनको दिनसम्म समितिलाई समय रहेको उल्लेख गर्दै सकेसम्म चाँडै टुंग्याउने रणनीतिमा समिति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छिटो सक्नुपर्ने कुरा भयो । १९ गते ११ बजे बस्छ, उहाँसँग फेरि बयान लिने काम हुन्छ । उहाँले अहिले आफ्नो किसिमले जवाफ दिनुभएको छ । हामी सबै छिटो टुंगिनुपर्छ भन्ने सोचमा छौँ । मंसिर ४ गते निर्वाचन छ, त्यो बेलासम्म हामीलाई समय छ भन्ने सोचेका छौँ ।’

त्यस्तै नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले आजका प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीशले व्यक्त गर्नुभएको शब्दहरुमा आपत्ति जनाउनु नहुने बताउनु भयो । उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताउनु भयो । उहाँले बुधवार बार, न्यायाधीशहरुमाथि आरोप लगाउनुभएको र आज संसद र सांसदहरुमाथि आरोप लगाउनुभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज अलि छिटो हुन्छ लागेको थियो तर ५ नम्बर प्रश्न लामो र व्याख्यात्मक थियो । त्यसैले प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो । २ वटा प्रश्नको मात्र उत्तर आयो । उहाँले व्यक्त गरेका शब्द र अभिव्यक्तिका विषयमा लिएर हामीले आपत्ति मान्नु हुँदैन । आज मान्य सांदसयहरु उपत्यका बाहिर जानुपर्ने भएकोले आजलाई रोकेको हो । आज उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको प्रश्न थियो ? उहाँले समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो । हिजो बाँकी अरुलाई आरोप लगाउनुभयो आज हामीलाई नै लगाउनु भयो ।’

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोगलाई निस्पष्क्षताका साथ कसरी छिटो छरितो बनाउने भन्नेकुरामा समितिमा छलफल हुने बताउनु भयो । उहाँले अहिलेको समितिले बनाएको कार्यतालिका परिवर्तन गर्न आवश्यक रहेकोले १९ गते अगावै पनि समितिको बैठक बोलाएर छलफल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चुनावमा दौडिने पनि हो, अरु कुराहरु पनि छ । चुनावमा दौडिनुपर्छ भन्दैमा महाअभियोग जस्तो कुरालाई एकदिनमा हचुवामा दोषी सावित गर्ने कुरापनि र निर्दोष सावित गर्ने कुरापनि हुन सक्दैन । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । कसरी यसलाई छिटो छरितो बनाउने भन्नेकुरामा समितिमा हामी छलफल गर्छौं । कार्यतालिका सच्याउनुपर्नेछ । आजपनि र हिजोपनि नियमावलीको कुरा उठाउनुभएको छ र अर्को संविधानको कुरा उठाउनुभएको छ ।’

सांसद शर्माले आजको बयानमा प्रधानन्यायाधीश जबराले नियमावली र संविधानको कुरा उठाउनुभएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश राणाले बैठकमा प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफैँ उजुरी गरेर आफैँले छानबिन गर्न पाउनुहून्न भन्ने धारणा राख्नुभएको र समिति सदस्यहरुले संसदको नियमावलीमा महाअभियोग प्रश्तावमा हस्ताक्षर गर्ने सांसद समितिमा बस्न नपाउने भन्ने प्रावधान नभएको र नियम, कानून र नियमावली अनुसार नै छानबिन गरेको कुरा सांसदहरुले राखेको बताउनु भयो । समितिले प्रधानन्यायाधीश जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराबिरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।




भर्खरै