२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : श्रीलंकाद्वारा अफगानिस्तान चार विकेटले पराजित



अ+ अ-

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार साँझ शारजाहमा भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । शुरुआत निकै राम्रो भए पनि अफगानिस्तानले पछिल्ला ओभरमा रन बनाउन निकै संघर्ष गर्नु परेको थियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले ४५ बल खेलेर ८४ रनको आकर्षक पारि खेलेका थिए । साथै इब्राहिम जड्रानले ४०, नजिबुल्लाह जड्रानले १७ रन बनाए । एक समय अफगानिस्तानले २०० रन भन्दा बढी बढाउने सम्भावना देखिएको थियो, तर श्रीलंकाको कसिलो बलिङले अफगानिस्तानलाई रोकेको थियो ।

एकसय १७६ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको श्रीलंकाले निर्धारित लक्ष्य पाँच बल बाँकी छँदै पूरा गरेको थियो ।

श्रीलंकाका लागि पाथुम निसान्काले ३५, कुसल मेन्डिसले ३६, डानुस्का गुनथिलकाले ३३, भानुका राजपाक्षले ३१ रन बनाएका थिए ।

सुपर ४ को यस खेलबाट श्रीलंकाले २ अंक बटुलेको छ ।

आज आइतबार भारत र पाकिस्तानबीच महाभिडन्त हुनेछ । एजेन्सी