२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानस्थित नेपाली दुतावासमा तीज सकिएको पाँच दिनपछि दर कार्यक्रम



अ+ अ-

काठमाडौ. । हरितालिका तीजको अवसरमा यही भदौ १३ गते सोमबार हिन्दू नारीहरुले दर खाएर १४ गते ब्रत बसे । तर जापानस्थित नेपाली दूतावासमा भने हिजो आइतबार अर्थात १९ गतेसम्म पनि तीज सकिएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाको जापान भ्रमणको मौका पारेर जापानस्थित नेपालका राजदूत दुर्गाबहादुर सुबेदीले तीजको दर खुवाउनुभयो ।

दर कार्यक्रमको फोटो सामाजिक सञ्जालमा राख्दै राणाले लेख्नुभएको छ, “जापानमा अवस्थित नेपालका राजदूत श्री दुर्गा बहादुर सुबेदीज्यू तथा श्रीमती पूनम सुबेदीज्यूद्वारा तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरीक हुन पाउँदा खुशी लाग्यो ।”