२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरको अवरुद्ध सडक सहमतिपछि खुल्यो



अ+ अ-

कीर्तिपुर । मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले बुधबार बिहान अवरुद्ध गरेको ईश्वरी राजमार्गअन्तर्गतको सुक्खा बन्दरगाह–खहरे सडकखण्ड सहमतिपछि खुलेको छ ।

करिब दुई घन्टाको अवरोधपछि त्यहाँ पुगेका कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा नं ६ का अध्यक्ष पृथ्वीमान सिंह बस्नेत र सांसद राजन केसीका स्वकीय सचिव विनोद गुरुङ, स्थानीयवासी र सडक विभागका प्राविधिकबीच छलफल भई सडक खुलाउन सहमति भएको थियो । छलफलमा सडक मर्मत तत्काल सुरु गर्ने र दसैँसम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।

सडक अवरोधले जोडिएका सडकहरूमा समेत सवारी जाम हुन थालेपछि कीर्तिपुर प्रहरी वृत्तको टोली आएर अवरोध खुलाएको थियो । त्यसक्रममा अवरोधमा संलग्न केहीलाई नियन्त्रणमा लिन खोजे पनि स्थानीयवासीको चर्को विरोधका कारण प्रहरी पछि हटेको थियो ।

बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा र वीरगञ्जसम्म आवतजावत गर्ने मुख्य नाकाको रूपमा रहेको सो राजमार्ग अवरुद्ध हुँदा त्यहाँ चल्ने स्थानीय र राजधानी भित्रिने तथा बाहिरिने सयौँ लामा रुटका सवारी साधन रोकिएका थिए । बल्खुदेखि दक्षिणकाली सडकखण्ड करिब १० किलोमिटर रहेको छ । उक्त सडकका विभिन्न स्थानमा खाल्डो, पिच उप्किएको र हिलोका कारण दुईपाङ्ग्रे सवारीसाधनलाई अत्यन्त अप्ठ्यारो हुँदै आएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

करिब एक वर्षअघि कालोपत्रे भएको सो सडकमा अहिले खाल्डै खाल्डा हुँदा यात्रु र स्थानीयवासी दुवैले सास्ती खेप्नुपरेकाले सडक अवरुद्ध गरिएको स्थानीयवासी उत्तम नेपालले जानकारी दिनुभयो । अर्का स्थानीयवासी महेश मगरका अनुसार झण्डै सात महिनादेखि स्थानीयवासीले तत्काल कालोपत्र गरी बाटो मर्मत गर्न आवाज उठाउँदै आएका थिए । करिब दुई महिनाअघि आफूहरुले सडक विभागमै पुगी त्यहाँका अधिकारीहरुलाई सडकको दुरावस्थाबारे बताएको उहाँले बताउनुभयो ।

“त्यतिबेला पनि उहाँहरुले अबको डेढ महिनाभित्र पिच सुरु हुन्छ भन्नुभएको थियो । तर हरेक १५ दिनमा यसबारे सम्झाउँदा विभिन्न कारण दखाउँदै टारिरहनुभयो”, उहाँले भन्नुभयो ।