२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिका सुधारको अभियानमा छौँ : कामु प्रधानन्यायाधीश कार्की



file
अ+ अ-

बझाङ । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताउनुभएको छ । उहाँले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताउनुभएको हो ।

आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उहाँले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताउनुभयो । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उहाँले भन्नुभयो, “एक दुई जनालाई पनि हामीले ढिलाइ गरेर राख्यौँ, समयमा काम गरिदिएनौँ, मुद्दा मामिला ढिलाइ ग¥यौँ भने ती सेवाग्राहीले समाजमा गएर गलत सन्देश म्यासेज सम्प्रेषण गर्नुहुन्छ ।” त्यसले न्यायालयबारे गलत गहिरो गलत सन्देश जाने उहाँले बताउनुभयो ।

“न्यायालयको बेवास्ताका कारण समाजले नै अदालतमा ढिलासुस्ती हुने रहेछ । अदालतमा त भनेको बेला काम नहुने रहेछ भन्ने गुनासो आउँछ । यस्ता सामान्य कुराले पनि समाजमा गलत सन्देश जान सक्छ”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो ।

उहाँले अदालतमा आउने जो कसैलाई पनि झुलाउने प्रयास गर्न नहुने बताउनुभयो । उहाँले कर्मचारी तथा मातहतका न्यायाधीशलाई भन्नुभयो, “सेवाग्राहीको समस्या बुझिदिनुहोस् । अदालतका कर्मचारी पनि कोठामा बसेर, कुर्सीमा बसेर मात्रै होइन, आउने सेवाग्राही आउनुहुन्छ, बाहिरै बस्नुहुन्छ । उहाँको समस्या बुझ्नुस् । आएकालाई पनि तपाईंको समस्या के हो भनेर सम्बोधन गरिदिनुहोस् । त्यसपछि मात्रै जनतालाई न्यायालय भएको आभाष गर्नुहुन्छ ।”

उहाँले मातहतका सबै न्यायालयमा जान नसकिने भन्दै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । “सबै ठाउँमा गएर सचेत गराउन सकिँदैन । सबैले आफ्नो दायित्व पूरा गरेमा जनताले राहत पाउनेछन् ।”

उहाँले तारिखका लागि एउटा पक्ष आउने र अर्को पक्ष नआएको थाहा पाए त्यसमा स्वार्थ भएको टिप्पणी गर्न सक्ने बताउनुभयो । “एक पक्ष आउने र अर्को पक्ष नआउँदा आएको पक्षले स्वार्थवश हामीलाई झुलाइरहेको छ भन्ने सोच्न सक्छ । उसलाई बुझाइ दिनुस् न । यो कारणले तपाईंको तारि ढिला भएको हो भनेर ।” सामान्य कुरा भए पनि यस्ता कुरामा गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । रासस