२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा अफगानिस्तान एक विकेटले पराजित



अ+ अ-

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार साँझ शारजाहमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई रोमाञ्चक रुपमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

हारको नजिक पुगेको पाकिस्तानलाई जित दिलाउन अन्तिम विकेटको रुपमा मैदानमा प्रवेश गरेका नसीम शाहले लगातार २ बलमा २ छक्का प्रहार गरेर टिमलाई विजयी बनाए ।

अफगानिस्तानले प्रस्तुत गरेको १३० रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले खेलको अन्त्यतिर अधिकांश विकेट गुमाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले २०, इफ्तीखार अहमदले ३०, शादाब खानले ३६ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले शुरुवात राम्रो गरे पनि पाकिस्तानी बलरले खेललाई नियन्त्रणमा ल्याएका थिए । अफगानिस्तानका इब्राहिम जाड्रानले सर्वाधिक ३५ रन बनाए ।

यो जितसँगै पाकिस्तान एसिया कपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा यसअघि नै श्रीलंका प्रवेश गरिसकेको छ ।

पाकिस्तानको आजको जितसँगै भारत र अफगानिस्तान एसिया कपबाट बिदा भएका छन् । यद्यपी भारत र अफगानिस्तानबीच सान्त्वना खेल शुक्रबार हुनेछ ।