२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रकरण: राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला गरेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ ।

विरोधमा नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहनको प्रयास समेत गरेको छ ।

विद्यार्थीहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीमाथि विद्यार्थीहरुले ढुंगामुढासमेत गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थीहरुसँग केही ठाउँमा झडपसमेत भएको थियो ।

विद्यार्थीहरुको प्रदर्शनका कारण सो ठाउँमा सवारीसाधनको आवागमनसमेत रोकिएको थियो ।