२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको ४ दिने नेपाल भ्रमण कार्यक्रम यस्तो छ



अ+ अ-

काठमाडौँ । चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली झान्सु सोमबार काठमाडौँ आउँदै हुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनुहुने झान्सुका भ्रमणमा नेपाल र चीनबीच संसदीय तहमा सहकार्य गर्ने सहमति भएको बताइएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि अध्यक्ष झान्सु सोल्टी होटल गएर बस्नुहुनेछ । सोही दिन सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्न उहाँ सोल्टी होटलबाट नयाँ बानेश्वर संसद् भवनमा आउनुहुनेछ । सो भेटवार्तामा सबै दलका प्रमुख सचेतक र सचेतक तथा नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्य पनि हुनेछ ।

सोमबार नै सभामुख सापकोटाले आयोजना गर्नुहुने रात्रिभोजमा अध्यक्ष झान्सु सहभागी भई पुनः सोल्टी होटल फर्कनुहुनेछ ।

मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसपछि झान्सुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग र त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुहुनेछ ।

नयाँ बानेश्वरबाट सोल्टी होटल पुग्ने र त्यहाँ परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुहुनेछ । दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि बालुवाटार पुग्ने कार्यक्रम छ ।

बुधबार दिउँसो उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।