२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी–२ रामकुमारी झाँक्रीलाई नछाड्न माओवादीमा दबाब बढ्यो



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँटले टुंगो पाउन नसकिरहेको अवस्थामा गुल्मी क्षेत्र नम्बर २ नेकपा एसलाई नछाड्न माओवादी केन्द्रभित्रै लबिङ बढेको छ ।

स्थानीय चुनावमा लुम्बिनी प्रदेशमै रोल्पापछिको दोस्रो नतिजा निकालेको गुल्मीमा माओवादीले प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्न नसक्ने नेताहरु बताउँछन् ।

गुल्मी–२ मा माओवादीबाट टिकटका प्रमुख दाबेदार रहेका भिमकान्त भण्डारीले आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटको तस्बिर फेसबुकमा राखेपछि गुल्मीको राजनीतिमा तरंग पैदा भएको छ ।

भण्डारीले तस्बिरसहित क्याप्सन लेखेका छन् – अध्यक्ष भन्नु हुन्छ गुल्मी के छ जितिन्छ ? मैले भने, गुल्मी–२ का जनताले हसिया हथौडामा भोट हाल्ने रहर गरेका छन् । यसले गुल्मी २ मा माओवादीको बलियो दाबी रहेको अड्कल काट्न गाह्रो पर्दैन ।

१२ स्थानीय तह रहेको गुल्मीमा माओवादी केन्द्रले चारवटामा प्रमुख पद जितेको छ । त्यसमध्ये रुरुक्षेत्र गाउँपालिकाबाहेक अन्य तीनवटा पालिका क्षेत्र नम्बर २ मा पर्दछ । सो क्षेत्रमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले टिकट दाबी गरेकी छन् । शीर्ष नेताहरुले गुल्मी २ झाँक्रीलाई छाड्ने होकि भन्ने मनासायले माओवादीका स्थानीय नेता कार्यकर्ताहरु नेतृत्वमाथि दबाब बढाउन थालेका छन् ।

गुल्मी–२ बाट माओवादी केन्द्रले भीमकान्त भण्डारी, नुमराज पाण्डे र वीरवहादुर कार्कीको नाम सिफारिस गरेको भएता पनि भण्डारीले टिकट पाउने लगभग निश्चितै छ ।

गुल्मी माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल समेत चुनाव जितेको र गृहजिल्ला भएका कारण पनि गुल्मी २ मा माओवादीले दाबी यथावत राखेको नेताहरु बताउँछन् । झाँक्रीले प्रत्यक्ष मै चुनाव लड्ने आकांक्षा भए काठमाडौं उपयुक्त हुने उनीहरुको सुझाव छ ।