२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्ने



file
अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार (भोली) पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन भोली बिहान नौं बजे समितिको बैठक पुनः बोलाइएको हो ।

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘आज सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानको प्रक्रिया निरन्तर जारी रह्यो । आज चाँही प्रश्न नम्बर ३६ वटा ४३ सम्म प्रश्न सोध्ने र त्यसको उत्तर लिने काम भएको छ । त्यो भन्दा अगाडिका प्रश्नहरुको जवाफ चाँही यस अघि नै सम्पन्न भईसकेको यहाँहरुलाई जानकारी नै छ । र, थप पुरक प्रश्नका विषयमा चाँही अहिलेसम्म बयानका क्रममा उहाँले उल्लेख गर्नु भएको कुराहरुलाई रेकर्डमा उतार्छांै । त्यसको आधारमा पुरक प्रश्नका लागि उहाँलाई बोलाउने भन्ने कुरा भएको छ । र, भोली (बुधबार) बिहान नौं बजे समितिको बैठक छ । सो बैठकले यस विषयमा थप स्पष्ट पार्छ ।’

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । आजको बैठककमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बर सम्मको प्रश्न सोधी जवाफ लिने काम भएको समितिको जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरुलाई पनि आवश्यक्ता अनुसार वयान लिने समितिको योजना छ । यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने महाअभियोग सिफारिस समितिका सबै बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ ।

यसअघिका बैठकका निर्णयहरु गलत ढंगले आम सञ्चार माध्याममा प्रशारण भएकाले त्यसो हुन नदिन अवका सबै बैठकहरु प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाउन आफूहरुले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘समितिको बैठकमा केही महत्वपूर्ण विषयमा गम्भिरतापूर्वक छलफल गरियो ।

पहिलो प्रश्न समितिका छलफलहरु वास्तवमा सार्वजनिक सञ्चार माध्याममा ठिक ढंगले सम्प्रेषण नभएको, कतिपय विषयमा भ्रम सृजना भएको र गलत अर्थ लाग्ने गरी समाचारहरु सम्प्रेषण भएकोप्रति हामीले अत्यन्तै गम्भिरतापूर्वक प्रश्नहरु उठायौं । र, मुख्य गरिकन यो सुरुका दिनमा पनि हामीले भनेका थियौं– बैठकका कारबाहीहरु, बैठकमा भएका छलफलको बारेमा आम नागरिकलाई सही सूचना जारी गर्नका लागि सचिलो होस् भन्ने हिसावले हामीेले सुरुका दिनमा पनि भनेको थियौं–बैठक लाईभ गरांै । महाअभियोग सिफारिस समितिका सबै बैठक लाईभ गरौं ।

मिडियाले यसो गर्दाखेरी जनतामा सही सूचना जान्छ भन्ने हाम्रो राय थियो । यसबीचमा हामीले लाईभ गरौं भनेपनि समितिको मेजरिटीले नमानेको हुनाले त्यो भएन । रेकर्ड उपलब्ध गर्ने कुरामात्रै भयो । यसबीचमा कति समाचार गलत भएर गएको पायौं । यसले गर्दा आज फेरी पनि हामीले भन्यौं कि–बैठकका गतिविधि लाईभ गरियोस् ।’

एमालेले सत्तारुढ दलका नेताहरुले समितिको गतिविधिलाई आफू अनुकूल हुने गरी समाचार माध्याममा दिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका थिए ।




भर्खरै