२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यकः प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको १० औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले सरकार विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि प्रयत्नरत रहेको बताउनु भयो । उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागि आह्वान गर्नुभयो । उहाँले विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा विशिष्ट परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति, वैज्ञानिक आधुनिकीकरणका साथै समाजको परिवर्तन गरी अघि बढ्न आवश्यक छ । विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ । यस क्षेत्रमा सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागिसमेत आह्वान गर्न चाहन्छु । विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध छौँ । देशमा बढी भन्दा बढी वैज्ञानिक जनशक्ति उत्पादन गर्ने वातावरण निर्माण गर्न सरकारले जोड दिँदै आएको छ ।’

प्रधानमन्त्री देउवाले राष्ट्रिय विज्ञान दिवसले देशमा विज्ञान र प्रविधिको क्षेत्रलाई बिस्तार गर्न थप सहयोग पुग्ने विश्वास गरेको बताउनु भयो ।