२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप: पाँचौ पल्ट नेपाल फाइनलमा, बंगलादेशसँग उपाधिका लागि भिड्ने



अ+ अ-

काठमाडौँ । भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश ग¥यो । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौति १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नु पर्ने समिकरण बनेको छ । बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकाल्दा अन्तिम दुईमा स्थान बनाउँदा छैठौं संस्करणको उपाधि नयाँ टोलीले उचाल्ने निश्चित भएको छ । यस अघि सम्पन्न सबै संस्करणमा भारतले उपाधि उचालेको थियो । सोमबार हुने प्रतिस्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो ।

बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । २०१६ को संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ । सोमबार हुने फाइनल खेलबाट नेपाली टोली घरेलु भूमिमा आयोजना हुन लागेको प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ । भारतमाथि रोमाञ्चक जित दिलाएका प्रशिक्षमा कुमार थापाले खेलपछिको पत्रकार सम्मेलनमा उपाधि दिलाउँदै नेपाली जनतलाई खुसी दिलाउने उद्घोष गरेका छन् । प्रशिक्षक थापाले भने जस्तो सोमबारको फाइनल नेपाली टोलीका लागि सहज भने हुने छैन ।

नेपाली टोलीका केही अनुभवि र राम्रा खेलाडीमा डेंगीको समस्या देखिएको छ । साथै बंगलादेशले जारी प्रतियोगितामा गरेको प्रदर्शनको आधारम नेपाल भन्दा समिकरणको हिसाबमा बलियो देखिएको छ । बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गर्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६–० को फराकिलो जित निकालेको थियो । यस्तै तेस्रो खेलमा भारतमाथि ३–० को जित निकालेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो । बंगलादेशले चार खेलमा कुल २० गोल गरेको छ । बंगलादेशकी सविना खातुनले जारी प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दा बंगलादेशकै लागि ४ गोल गर्ने मोसामत सिरात जहान सोपानको दोस्रो नम्बरमा रहेकी छिन् ।

उता बंगलादेशसँग भेट पक्का गरेको नेपालले पहिलो खेलमा भुटानविरुद्ध ४–०, दोस्रो खेलमा श्रीलंकाविरुद्ध ६–० र सेमिफाइनलमा भारतविरुद्ध १–० को जित निकालेको छ । नेपालले ३ खेल खेल्दा ११ गोल गर्न सफल भएको छ । नेपाली टोलीका अनुभवि खेलाडी सावित्रा भण्डारी अस्वथताका कारण पछिल्ला दुई खेल गुमाइसकेकी छिन् ।

सोमबार हुने फाइनलमा सावित्राको उपस्थिति अन्योल बनेको छ । जुन नेपालका लागि टाउको दुखाई बनेको छ । घरेलु मैदानमा नेपालले सोमबार उपाधिकाक लागि प्रतिस्पर्धा गर्दा दोस्रो अवसर हुनेछ । यस अघि विराटनगरमा भएको फाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । तर यो संस्करणमा नेपालको प्रतिद्वन्द्वी भारत भन्दा अर्को टोली आएको छ । अघिल्ला चार संस्करणमा तगारो बन्दै आएको भारत सेमिफाइनलबाटै बाहिरिँदा २०१६ मा उपविजेता बंगलादेश प्रतिद्वन्द्वी मिलेको हो ।

यस अघिका संस्करणमा नेपाल र बंगलादेश तीन पटक आमने सामने भएका छन् । सबै भेटमा नेपालले सुखद नतिजा निकालेको छ । २०१० को पहिलो भेटमा नेपालले बंगलादेशलाई ३–० ले पक्षमा पार्दा २०१४ दोस्रो भेट नेपालले १–० र २०१९ को भेटमा पनि नेपालले ३–० को जित निकालेको थियो ।