२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा मधेसकै पहिलो चिडियाखाना बन्ने



अ+ अ-

पर्सा । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकामा पर्सा प्राणी उद्यान चिडियाखानाको शिलान्यास गरेका छन् ।

सरकारले अनुमति दिएसँगै वीरगञ्ज महानगरपालिका- ३२ रामवनमा मन्त्री यादवले बिहीबार चिडियाखानाको शिलान्यास गरेका हुन् ।

५० हेक्टर क्षेत्रफल रहेको चिडियाखाना एक अर्ब एक करोड ७ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ ।

मन्त्री यादवले चिडियाखाना पर्सा जिल्ला र समग्र मधेस प्रदेशको प्रमुख पर्यटकीय स्थल बन्ने र यसले विकास र समृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।