२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सिमित मोबाइल व्यवसायीलाई मात्र फाइदा पुग्ने गरी एमडिएमएस प्रणाली लागू गर्यो: उपभोक्ता अधिकारकर्मी(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सिमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडिएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनाधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) शुरु गरेको थियो । तर सरकारले सिमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै बिरोध शुरु भएको हो ।

सरकारले बजारमा काट्रेलिङ गर्ने सिमित व्यवसायीहरुको दबाबमा लागू गरेको (एमडीएमएस) प्रणाली उपभोक्ता हीत र मौलिक अधिकारको बिरुद्धमा रहेको उनीहरुको आरोप छ । उपभोक्ता अधिकार कर्मीहरुले सिमित मोबाइल कम्पनी र व्यवसायीहरुलाई मोबाइल बजारमा एकाधिकार कायम गर्नेगरी लागू भएको प्रणाली तत्काल फिर्ता गर्न माग गरेका छन् ।

बुधवार  उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सिमित व्यक्ति र व्यवसायीहरुलाई फाइदा पुग्नेगरी व्यवसायीहरुको दबाबमा परेर मोबाइल व्यवसायमा काटे«लिङ गर्ने काम राज्यले नै गरेको आरोप लगाउनु भयो । उहाँले राज्यले सिमित व्यवसायीक घरनाको लागि चुनावको मुखैमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ९एमडीएमएस० लागू गर्नु न्यायोचित नभएको बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले विदेशमा गएर दुःख गरेर कमाएको पैसाले नेपालमा आउँदा दुई पैसा सस्तोमा ल्याउने अधिकारबाट वञ्चित गरेको बताउनु भयो । उहाँले मोबाइल व्यवसायीहरुले उपभोक्तालाई लुट्न पाउने गरी सरकारले निर्णय गरेकाले मोबाइल व्यवसायीहरुले उत्सव मनाएको बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले उपभोक्तावादको सिद्धान्त राज्य वा सेवा प्रदायकले वस्तु तथा सेवाको विषयमा जानकारी दिनुपर्ने भनेपनि नेपाली मोबाइल व्यवसायीहरुले मोेबाइलको फिचर्सको विषयमा उपभोक्ताहरुलाई सचेत गराउने काम समेत नगरेको आरोप लगाउनु भयो । उहाँले अधिकांश मोबाइल कम्पनीहरुको भ्रमपूर्ण विज्ञापन दिइरहँदा समेत सरकारी निकाय मौन बसेको बताउनु भयो । उहाँले सरकारले लागू गरेको एमडिएमएस प्रणाली तत्काल खारेज गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै, उपभोक्ता हीत संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले पनि सिमित व्यवसायीको फाइदाको लागि चाड पर्वको मुखमा सरकारले मोबाइलमा एमडिएमएस प्रणाली लागू गरेको बताउनु भयो । उहाँले विदेशबाट चाड पर्वमा नेपाल फर्कंदा दुईवटा मोबाइल ल्याउन पाउने सुविधाबाट समेत वञ्चित गर्ने काम सरकारले गरेको बताउनु भयो ।

महासचिव तिमिल्सिनाले मोबाइल आयात गरेर नेपालमा बिक्री वितरण गर्ने सिमित व्यवसायीहरु रहेको बताउनु भयो । उहाँले यस्ता कम्पनी बढीमा १३ वटा रहेको भन्दै १३ वटा सिमित कम्पनीको फाइदाको लागि सरकारले काम गरेको बताउनु भयो । उहाँले १३ कम्पनीले नेपाली बजारमा एकाधिकार कायम गर्ने र अकुत सम्पती कमाउने गरी सरकारलाई नीति लागू गर्न व्यवसायीहरुले बाध्य बनाएको बताउनु भयो । तिमिल्सिनाले त्यसको लागि नेपाल दूरसञ्चार प्राधिकरणले सरकारमा भएका दल र व्यवसायीहरुलाई सहजिकरण गरेको आरोप लगाउनु भयो ।

महासचिव तिमिल्सिनाले मोबाइल व्यवसायीहरुले मोबाइल किन्न जाँदा बिल लिने की नलिने भनेर सोध्ने र अवैध रुपमा भित्र्याएका मोबाइलहरलाई वैधता बनाउनको लागि व्यवसायीहरुले चलखेल गरेको बताउनु भयो । उहाँले चाडपर्वको मौका छोपेर अवैध रुपमा भित्रिएका मोबाइल वैध बनाउने काम हुन लागेको बताउनु भयो । महासचिव तिमिल्सिनाले सरकारले व्यवसायीहरुको पक्षमा एमडिएमएस प्रणाली लागू गर्नु व्यवसायी र सरकार बीचको साँठगाँठमा दूरसञ्चार प्राधिकरण डुबाउने काम गरेको बताउनु भयो ।




भर्खरै