२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट ‘हामी नारी’ गीत विमोचन



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालदेखि युट्युब च्यानलमा यतिबेला एकपछि अर्को गर्दै रचनाकार देवी पराजुलीका नयाँ गीत आएका छन् ।

ज्योति प्रकाशको सङ्गीतमा नयाँ गीत ‘हामी नारी’ यतिबेला बजारमा आएको छ । यो गीतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा विमोचन गर्नुभयो । उक्त भिडियो ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।

देवी पराजुली र राधा महतको प्रस्तुति रहेको यो गीतलाई गायिकाद्वय सत्यकला राई र विन्दु परियारको स्वर रहेको छ । यो नारी जागरणसम्बन्धी राष्ट्रिय गीत निकै माधुर्य बनेको र नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको बताइएको छ । गोविन्द अञ्जान गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा बनेको भिडियोलाई याम गुरुङले कोरियोग्राफी गरेका छन् ।

भिडियोमा मोडल दिव्यानी वली र अस्मिता पुरीको शीर्ष नृत्य रहेको छ भने उनीहरूसँगै विभिन्न उत्कृष्ट योगदान पु¥याउनुहुने नेपाल सीर्जनशील महिला समूहको अभिनय रहेको छ ।

गीतको भिडियोमा करन चैसिरको छायाङ्कन, प्रकाश धमलाको सम्पादन, सन्तोष पौडेलको ध्वनि मिश्रण रहेको उक्त गीत ‘द म्युजिक इरा’मा रेकर्डिङ गरिएको हो । रासस