२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भूमिबाट कैलाश मानसरोवरको दर्शन गर्ने बढे



अ+ अ-

सिमकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् ।

छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन् ।

यस वर्ष भारतीय सन्त सदगुरु (जग्गी वासुदेव)सहित एक हजार ११ जना विदेशी धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् । सदगुरुको समूहमा एक हजार दुई सय ११ जना विभिन्न देशका दर्शनार्थीले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गरेर फर्किएका छन् । यसमा महिला छ सय ४१ जना र पुरुष पाँच ७० जना कैलाश मानसरोवरको दर्शनका लागि आएका सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।

यस्तै भारतबाहेक बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका १७ नागरिकले पनि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गरेका छन् । यसका साथै करिब तीन सय आन्तरिक दर्शनार्थीले पनि लाप्चाबाट दर्शन गरेका छन् ।

चीनको तिब्बत क्षेत्रमा अवस्थित मानसरोवर कैलाश हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो । मानसरोवर कैलाश पुग्न कठिन भएकाले पछिल्लो समय हुम्लाको लाप्चाबाट दर्शनगर्ने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष मानसरोवर दर्शनका लागि आएका दर्शनार्थी लाप्चाबाट दर्शन गरेर फर्किएका होटल व्यवसायी विजय लामाले बताउनुभयो ।

“यस वर्ष मौसम राम्रो भएका कारण एक÷दुई समूहबाहेक अन्य सबै पर्यटक कैलाश दर्शन गर्न सफल भए”, व्यवसायी लामाले भन्नुभयो, “एक जना पर्यटकलाई भने श्वासप्रश्वासमा समस्या आएपछि ताक्चीबाटै फिर्ता हुनुपरेको थियो ।”

तीन सय आन्तरिक पर्यटक

मानसरोवर कैलाशको दर्शन गर्न आएने आन्तरिक पर्यटक भने लाप्चा पुगेर दर्शनगर्ने क्रम अझै चलिरहेको छ । तीन सयभन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

उहाँले सद्गुरुले दुई वर्ष लगातार लाप्चाबाट दर्शन गरेपछि यसको महत्व बढेको बताउनुभयो । यो वर्ष विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले पनि मानसरोवर कैलाशको दर्शन गर्न पुगेका छन् । सदरमुकामबाट सार्वजनिक सवारीमा एकदिन लाग्ने भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

ताक्चीबाट उठाइयो बास व्यवस्था

हुम्लाको ताक्चीमा पर्यटकका लागि बास व्यवस्थापन गर्दै आएका पर्यटन व्यवसायी फिर्ता भएका छन् । यसपटक धार्मिक पर्यटकको ठूलो समूहले दर्शन गरेर फर्किएपछि व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायी पनि फर्किएका हुन् । ताक्चीमा पर्यटकको व्यवस्थापनका लागि खटिएका पर्यटन व्यवसायी सदरमुकाम सिमकोट फर्किएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

ताक्चीमा करिब एकसय पर्यटन व्यवसायी खटिएका थिए । ती व्यवसायी एक महिनाअघिदेखि ताक्चीमा बसेका थिए । लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकका लागि सुरुमा सिमकोट, लेकधिङ्गा र ताक्चीमा बासको व्यवस्था गरिएको भए पनि लेकधिङ्गामा व्यवस्थापन गर्न कठिन भएपछि सिमकोटस्थित रानीवनमा व्यवस्था गरिएको थियो ।

कैलाश मानसरोवरको दर्शनका लागि आउने पर्यटकका कारण यस क्षेत्रको आर्थिक गतिविधि बढेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । यसबाट सवारीसाधन सञ्चालक र होटल व्यवसायी प्रत्यक्ष लाभान्वित भएका छन् ।




भर्खरै