२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण



file
अ+ अ-

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या देखिएपछि उहाँलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा उहाँमा डेंगु संक्रमण पुष्टि भएको हो । उहाँको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीका चिकित्सकले संयुक्त रुपमा जाँच गरेको अस्पतालले जनाएको छ ।

अस्पतालको डिलक्स क्याबिनमा उपचाररत उहाँको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको पनि अस्पतालले जनाएको छ ।




भर्खरै