१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापा, पौडेल र रजकलाई हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार



अ+ अ-

काठमाडौँ । यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजन दोलखा समाचारदाता मन्दिरा थापा, एभिन्यूज टेलिभिजनका संवाददाता सरोज पौडेल र क्यामेरापर्शन सुरेश रजकलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा शुक्रबार आयोजित कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रु ५१ हजार राशिको सो पुरस्कार संयुक्तरुपमा थापा, पौडेल र रजकलाई प्रदान गर्नुभयो ।

सोही अवसरमा सञ्चारमन्त्री कार्कीले नेपाली पत्रकारिता क्षेत्रलाई अझै व्यावसायिक, मर्यादित, जवाफदेही र अनुशासन बनाउनुपर्ने बताउँदै समृद्ध नेपाल निर्माणका निम्ति मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देश र जनतालाई जोड्नका लागि मिडियाको महत्वपूर्ण भूमिका हुन्छ, देशको जस्तोसुकै कठिन अवस्थामा पनि पत्रकारले आफ्नो दायित्व पूरा गर्दै आएका छन्, अब देशको आर्थिक, सामाजिक विकासँगै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका र दायित्व हुनुपर्छ ।”

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपाली पत्रकारिता क्षेत्रले समाज परिवर्तन र देशका निम्ति गरेको योगदानको चर्चा गर्नुभयो । पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालले आगामी वर्ष ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’को राशि बढाएर एक लाखसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।