२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सबैको एजेन्डा आर्थिक समृद्धि हुनुपर्छ: कमल थापा



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकमा आर्थिक समृद्धि बाहेक अरु बिषयका बहस निरर्थक रहेको बताएका छन् ।

वाद, सिद्धान्त, क्रान्तिका चर्का नाराले जनताको जिबनस्तरमा सुधार नआउने भन्दै थापाले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए । भ्रस्टाचार ,कुशासन र बेरोजगारीको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले यो डरलाग्दो चक्र तोड्नको निमित्त दुरदर्शी नीति र योजना आबश्यक भएको बताए ।

सत्ता र स्वार्थ केन्द्रित नेता र पार्टीले मुलुकलाई निकास दिन नसक्ने भन्दै थापाले राष्ट्रबादी सोच र चिन्तन अहिलेको आबश्यकता भएको जिकिर गरे । अहिले देखिएको राजनैतिक सेन्टिगेटले मुलुक थप द्वन्द्व तर्फ धकेलिने हुँदा जनताले राष्ट्रबादी शक्तीलाई रोज्नु पर्ने आबश्यकता औल्याए । मकवानपुर गढी गाउँ पालिकाका विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्नेहरुलाई थापाले आज पार्टीमा स्वागत गरे ।

शेर बहादुर पाख्रीनको नेतृत्वमा प्रवेश भएका कार्यक्रममा राप्रपा नेपालका नेताहरु गणेश थापा, राजाराम बर्तौला, गुरु सापकोटा लगायतको उपस्थिती रहेको थियो ।