२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै



file
अ+ अ-

धनुषा । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मधेस प्रदेशको आठ जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सुरक्षाका प्रयोजनको लागि २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइने जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक तिमल्सिनाले सप्तरीमा ३ हजार दुई सय ७८, सिरहामा दुई हजार आठ सय नौ, धनुषामा तीन हजार चारसय ८६, महोत्तरीमा दुई हजार आठ सय एक म्यादी प्रहरी खटाइने जनाउनुभयो । त्यस्तै सर्लाहीमा तीन हजार तीन सय सात, रौतहटमा दुई हजार नौ सय ३९, बारामा तीन हजार एक सय ४४ र पर्सामा दुई हजार सात म्यादी प्रहरी खटाइने छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भर्नाको लागि आवेदन दिने असोज ६ गते अन्तिम दिनसम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका सबै जिल्लामा ११ हजार आठ सय २७ महिला र ५५ हजार ५७ पुरुषको दरखास्त परेको थियो ।

प्रवक्ता तिमिल्सिनाले भन्नुभयो, “गत स्थानीय तह निर्वाचनमा खटिसकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको छ, पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन् ।” उहाँले त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्छ भन्नुभयो । आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ ।