२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविधतामा एकता भएको हाम्रो देश अस्थिर राजनीतिकको भूमरीमा फस्यो: पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)



अ+ अ-

काठमाडौ । पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिका र अस्ट्रेलियामा रहेका नेपालीहरुलाई बडादशैँका अवसरमा शुभकामना दिनुभएको छ ।

हिमानी कोषका अध्यक्षसमेत रहनुभएकी शाहले एक भिडियो सन्देश जारी गर्दै अस्ट्रेलिया र अमेरिकालाई कर्मथलो बनाएर रहेका नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनी एवं हिमानी कोष अस्ट्रेलिया र अमेरिका च्याप्टरका सम्पूर्ण सदस्यलाई बडादशैँको शुभकामना दिनुभएको हो ।

उहाँले जन्मभूमि नेपालको माटोमा मिठो सुगन्ध, सौन्दर्य, आफ्नै अस्तित्व र प्रतिष्ठा, आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ भन्दै आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न आग्रह गर्नुभएको छ ।

विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर नेपाली राजनीतिक परिस्थितिको सामना गरिरहेको छ तथा गौरवशाली वीरहरु, सगरमाथा र गौतम बुद्धको देश नेपाल आज अनेकौँ विषम र जटिल परिस्थितिमा फसेको हामीमाझ स्पष्ट छ भन्दै भन्नुभएको छ, “हामीले नगरे कसले गर्ने रु अहिले नगरे कहिले गर्ने रु तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ ।”

पूर्वयुवराज्ञी हिमानी शाहले जारी गर्नुभएको भिडियो सन्देशको पूर्णपाठ यस्तो छ ः

नमस्ते,

मुटुभरि देशको माया हुँदा हुँदै पनि छातीमा देशको तस्बिर सजिएता पनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईं हाम्रो बाध्यता हो । जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ । थोरैको रहर र धेरैको बाध्यता हुनसक्दछ ।

जन्मभूमि नेपाल यहाँको माटोमा मिठो सुगन्ध छ । सौन्दर्य छ । मौलिक, सांस्कृतिक छन् । अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ । आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ । विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर नेपाली राजनीतिक परिस्थितिको सामना गरिरहेको छ ।

गौरवशाली वीरहरु सगरमाथाको गौतम बुद्धको देश नेपाल आज अनेकौँ विषम र जटिल परिस्थितिमा फसेको हामीमाझ स्पष्ट छ । हामीले नगरे कसले गर्ने रु अहिले नगरे कहिले गर्ने ? तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ ।

आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिलो त भइसकेको छैन भन्ने आह्वानका साथ सबैलाई सोच्न आग्रह गर्दछु । हाम्रो चाडबाडले सजिएको सुन्दर देशको एक ठूलो पर्व बडादशैँको अवसरमा अस्ट्रेलिया र अमेरिकालाई कर्मथलो बनाएर रहनुभएका समस्त नेपाल आमाबुबा, दाजुभाइ दिदीबहिनी एवं यस हिमानी कोष अस्ट्रेलिया र अमेरिका च्याप्टरका सम्पूर्ण सदस्यहरुलाई माता भवानीले सधैँ आशीर्वाद दिउन् भनी शुभच्छाका साथ समृद्धि, आयु र आरोग्यका लागि हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । धन्यवाद ।