२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बाबुकी आमा इन्दिरा देवीको निधन



अ+ अ-

एजेन्सी । साउथ अभिनेता महेश बाबुकी आमा श्री घटामनेनी इन्दिरा देवीको निधन भएको छ ।

गए राति परिवारका सदस्यहरूले इन्दिरा देवीलाई अस्वस्थ महसुस भएपछि हैदराबादको एआईजी अस्पतालमा लगेका थिए ।

उनलाई भेन्टिलेटरमा राखिएको थियो यद्यपि, उनको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको बताइएको छ ।

इन्दिरादेवीको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि आज बिहान ९ बजेदेखि पद्मालय स्टुडियोमा राखिएको छ, जहाँ निकट मानिस र फ्यानहरुको बाक्लो उपस्थिति रहेको छ ।

उनको अन्तिम संस्कार आज महाप्रस्थान, जुबली हिल्स, हैदरावादमा गरिने छ ।

इन्दिरा आफ्नो घरमा एक्लै बस्थिन् । यद्यपि महेश बाबु र उनका बहिनीहरू इन्दिरा देवीलाई धेरैजसो भेट्ने गर्दथे । मृत्युको खबर पाएलगत्तै सम्पूर्ण परिवार घर पुगेका छन् ।

 




भर्खरै