२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–१ बाट रवीन्द्र मिश्र राप्रपाको उम्मेदवार बन्ने, गरे औपचारिक घोषणा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । दुई दिनअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले पार्टीको सहमति लिएर उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए । घोषणा कार्यक्रममा उनले जनताले मत दिएर आफूलाई संसदमा  पठाए सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“‘यो १५ वर्षमा कति दिन संसद् चल्यो र तपाईंहरुले पठाउनुभएको सांसद कति दिन संसद्मा उपस्थित भएर तपाईंहरुको आवाज उठाउनुभयो ?” उनले प्रश्न गर्दै भने, “निर्वाचित भएको खण्डमा म एउटा सशक्त सांसदका रुपमा संसदभित्र तपाईंहरुको आवाज बुलन्द गर्छु ।”

विगत १५ वर्षदेखि यस क्षेत्रको प्रतिनिधित्व गरिरहेका नेताले संसद्मा निभाएको भूमिकाप्रति टिप्पणी गर्दै उनले जनतासमक्ष आफूले झुटो आश्वासन दिएर भोट नमाग्ने स्पष्ट गरे ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा मित्र विवेकशील–साझा पार्टीबाट यही निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए । निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग उनी झिनो मतले पराजित भएका थिए ।