२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् सलमान खानका बडी डबल सागर पाण्डे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । भारतीय सन्चारमाध्यमका अनुसार जिममा कसरत गर्ने क्रममा उनको मृत्यु भएको हो । सागर ४५-५० वर्षका थिए ।

सलमान खानका अर्का बडी डबल शान्तनु घोषका अनुसार सागर जिममा कसरत गरिरहेको बेला अचानक बेहोस भएका थिए ।

सागरलाई तुरुन्तै जोगेश्वरी पूर्व, मुम्बईमा रहेको हिन्दी हृदय सम्राट बालासाहेब ठाकरे ट्रमा केयर नगरपालिका अस्पतालमा लगियो । त्यहाँ चिकित्सकले अस्पताल पुग्नुअघि नै सागरको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

एक अन्तर्वार्तामा सागरले आफू पनि सलमान खान जस्तै अविवाहित भएको बताएका थिए । सागरका ५ दाजुभाइ छन् र उनीहरुको खर्च सागरले नै बेहोर्दै आएका थिए ।

बडी डबलको रूपमा सागरको करियर १९९८ मा आएको फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो । यसपछि सागर बजरंगी भाईजान, ट्युबलाइट, दबंग, दबंग २ जस्ता फिल्ममा सलमानको बडी डबल बनेका छन् ।




भर्खरै