२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई चितवन- ३ नछाड्न पाँचदलीय गठवन्धन, चितवनको आग्रह- निर्णय सहित



अ+ अ-

काठमाडौं । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न आग्रह गरेको छ ।

वाईसीएलका केन्द्रीय कोषाध्यक्ष एबं प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन ३ का नेता सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सार्वजनिक गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस- प्रचण्ड चितवन ३ नउठ्ने ,डराएर हिडेको सन्देश जाने

प्रचण्डले चितवन निर्वाचन क्षेत्र नं ३ छाड्न लागेको खबर सार्बजनिक भएपछि नेपाली कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको हो ।

बैठकले मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरेको छ ।