२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध



फाईल फोटो
अ+ अ-

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ ।

उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट आएका र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैँसे प्रहरीले जानकारी दिएको छ ।