२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन ३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिँदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउने भएका छन् ।

सत्तारुढ गठबन्धनबीच भएको सिट बाँडफाँटमा सो निर्वाचन क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ । माओवादी केन्द्रले सो निर्वाचन क्षेत्रबाट डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुहोस- सभापति देउवालाई दिनेशको पत्र – समानुपातिक सीट पत्नी तथा परिवारलाई दिइने अंश होइन

सोही निर्वाचन क्षेत्रबाट कांग्रेसकै नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

केही दिन अघि पार्टी सभापति शेरबहादुर देउवालाई एक पत्र लेख्दै केन्द्रीय सदस्य कोइरालाले समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरुलाई प्रस्ताव गरिएको जनाउनु भएको थियो ।

उहाँले समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरुको तावेदारीहरुलाई प्राथमिकता दिइएको छ । समानुपातिक सीट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सीट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रुपमा दिनुपर्ने अवस्थामा त्यस विपरित काम गरिएको जनाउनु भएको छ ।